प्रेस चौतारी नेपाल,कोहलपुर नगर समितिको दोस्रो अधिवेशन सम्पन्न: प्रमोद रिजाल अध्यक्षमा निर्वाचित

Advertisement 1

दिपक शाही २९ बैशाख २०८२ , कोहलपुर, बाँके— प्रेस चौतारी नेपाल कोहलपुर नगर समितिको अध्यक्षमा प्रमोद रिजाल निर्वाचित भएका छन्। सोमबार कोहलपुरमा सम्पन्न नगर समितिको दोस्रो सम्मेलनबाट रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित समितिमा उपाध्यक्षद्वयमा सर्जन आरसी र विष्णु डाँगी चयन भएका छन् भने, सचिवमा रवी रोकाया, सहसचिवमा विजय परियार र संजय मण्डल तथा कोषाध्यक्षमा कृष्ण चौधरी निर्वाचित भएका छन्। समितिका सदस्यहरूमा प्रतिक चौधरी, सन्तोष शाही, दिपेन भण्डारी र हरिशरण काफ्ले रहेका छन्।

Advertisement 2

सम्मेलनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विष्णु बेल्वासेले गरेका थिए। उद्घाटन सत्रमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका चार व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा युवा उद्यमी अर्जुन सुवेदी, श्यामकली थारू, समाजसेवी एवं राजनीतिज्ञ कर्णबहादुर थापा तथा संस्थागत रूपमा नमस्ते कर्णाली राष्ट्रिय दैनिक पत्रिका रहेका छन्।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शकिल कादरी, प्रदेश कोषाध्यक्ष विनोद भट्टराई, नेकपा एमाले प्रदेश सदस्य गोपाल गिरी, जिल्ला सचिव बलराम भट्टराई, नगर अध्यक्ष कुलप्रसाद भट्टराई, पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव सरला सुवेदी, प्रदेश सदस्य निर्मल आचार्य, प्रेस चौतारी जिल्ला अध्यक्ष कमल डाँगी, प्रेस युनियन अध्यक्ष प्रियस्मृति ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs