सल्यानमा विद्यालयको छानो उड्यो, पढाइ प्रभावित

२०८२ बैशाख ३० सल्यान, कुुपिण्डे – सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका–११ पौँचरेमा अवस्थित श्री नवज्योति प्रावि को दुई कोठे भवनको छानो २०७९/१२/२८ गते आएको अविरल वर्षा र हावाहुरीले उडाएको एक महिना नाघ्दासमेत स्थानीय तहबाट कुनै पहल नहुँदा पठनपाठन प्रभावित भएको छ।

Advertisement 1

विद्यालय भवनको टिनको पातहरु पूर्ण रूपमा उडाइसकेको र अहिलेको मौसमी अवस्था अनुसार कक्षा सञ्चालन गर्न असम्भव बन्दै गएको विद्यालय प्रशासनले जनाएको छ। स्थानीय राजेन्द्र विकका अनुसार, “एक महिना बितिसक्दा पनि स्थानीय तहले कुनै चासो दिएको छैन।”

उनका अनुसार विद्यालयलाई नयाँ पक्की भवन बनाउन नसकिएको कारणले गर्दा पुरानै भइसकेको अन्य भवनहरू प्रयोग गर्नुपर्ने अवस्था छ। तर ती भवन पनि पठनपाठनका लागि असुरक्षित छन्।

Advertisement 2

विकले स्थानीय तह, नगर प्रमुख, उपप्रमुख साथै प्रदेश सरकार र संघीय सरकारलाई यथाशीघ्र नयाँ भवन निर्माणको कार्य अगाडि बढाउन आग्रह गरेका छन्। साथै उनले यो विषयमा सम्बन्धित निकाय र सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै सबैलाई सक्रिय सहयोगको अपिल गरेका छन्।

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs