
२०८२ बैशाख ३० कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाका कक्षा ६ देखि ८ सम्मका विद्यालयमा पढाइ हुँदै आएको ‘हाम्रो कोहलपुर’ नामक स्थानीय पुस्तक अहिले विवादको घेरामा परेको छ। नगरपालिकाले औपचारिक रूपमा पुस्तक स्वीकृत नगरेको बताइरहँदा, सोही पुस्तक विद्यार्थीहरूसँग रहेको, परीक्षा दिइएको, र अभिभावकहरूले खरिद गरेको प्रमाणित भइसकेको छ।
Advertisement 1
समाजिक अभियन्ता भुम भण्डारीका अनुसार, पालिकाले भनेको “यो पाठ्यक्रमको सन्दर्भ सामग्री मात्र हो, स्वीकृत गरिएको छैन” भन्ने भनाइसँग व्यवहारिक अवस्था मेल खाँदैन। भण्डारीले प्रश्न गरेका छन् – “यदि पुस्तक अनाधिकृत हो भने, कसरी छापियो? कसरी विद्यालयमा लागू गरियो? र कसरी पसलहरूमा खुलेआम बिक्री भइरहेका छन्?”
तथ्यांक भन्छ:
Advertisement 2
गत शैक्षिक सत्रमा कक्षा ८ मा ३,५२६ विद्यार्थी भर्ना भएका थिए भने परीक्षामा ३,०८४ जना सहभागी भएका थिए। तीमध्ये अधिकांशले यही विवादास्पद पुस्तकका आधारमा परीक्षा दिएका छन्।
शिक्षा क्षेत्रमा गम्भीर प्रश्न:
Advertisement 3
नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा समेत यस किसिमको अस्पष्टता र अनियमितता हुँदा शिक्षा क्षेत्रमै प्रश्न उठेको छ। स्थानीय अभिभावक, विद्यार्थी र सरोकारवालाहरूले यसमा कमिसनको खेल भएको आशंका समेत व्यक्त गरेका छन्।
माग: पारदर्शिता र जवाफदेहिता
समाजिक अभियन्ता भण्डारीले सम्बन्धित निकायसँग माग गरेका छन् — जनतालाई झुक्याएर शिक्षा प्रणालीमा खेलवाड नगर्न, शैक्षिक सामग्रीमा पारदर्शिता कायम गर्न र अनधिकृत क्रियाकलापको छानबिन गर्न ।