६१औं विद्यार्थी एकता दिवसमा दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०८२ जेठ ०१ बाँसगढी, बर्दिया |६१औं विद्यार्थी एकता दिवसको अवसरमा नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) बर्दियाले बाँसगढीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

Advertisement 1

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई स्लेट, स्टाइलससहित मिठाइ वितरण गरी शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा कर्णाली प्रदेश संयोजक भरतले शुभकामना दिँदै विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासको रक्षा गर्दै नयाँ इतिहास निर्माण गर्ने जिम्मेवारी युवा पुस्ताको काँधमा रहेको उल्लेख गर्नुभयो।

“देशको वर्तमान राजनीति व्यवस्था र शिक्षा नीति असफल भइसकेको सन्दर्भमा वैज्ञानिक समाजवाद र जीवन उपयोगी व्यवहारिक शिक्षा प्रणाली लागू गर्न राज्यसँग लड्न आवश्यक छ,” उहाँले भन्नुभयो। साथै, युवाहरू सचेत भएर राजनीतिक जिम्मेवारी बहन गर्दै क्रान्तिकारी आन्दोलनमा सहभागी हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

Advertisement 2

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढाकाराम ढकालले दृष्टिबिहीन विद्यार्थीहरूप्रति देखाइएको मायाका लागि अखिल (क्रान्तिकारी) प्रति आभार प्रकट गर्नुभयो। उहाँले विद्यार्थीहरूमा राजनीतिक चेतना आवश्यक रहेको भन्दै सबैलाई शुभकामना दिनुभयो।

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs