
२०८२ कोहलपुर, जेष्ठ १ — नेपाल प्रहरी संगठनमा दीर्घकालीन सेवा दिँदै आएका चारजना प्रहरी कर्मचारीको बिदाई कार्यक्रम आज इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सम्पन्न भएको छ।
Advertisement 1
सेवाबाट अनिवार्य अवकास तथा राजीनामा स्वीकृत भई बिदा हुने प्रहरी कर्मचारीहरूमा पूर्व प्रहरी नायब निरीक्षक रुपा बुढामगर, पूर्व प्रहरी वरिष्ठ हवल्दार रत्न बहादुर शाही, पूर्व प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा, र पूर्व प्रहरी हवल्दार बाबुराम चौधरी रहेका छन्।
उनीहरूलाई कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनाल सहित सम्पूर्ण प्रहरी परिवारले सम्मानपूर्वक विदाई गरेका थिए। कार्यक्रममा बोल्दै डीएसपी खनालले उहाँहरूले प्रहरी सेवामा देखाएको उच्च व्यावसायिक दक्षता, कार्यकुशलता र इमान्दारीताको प्रशंसा गर्दै आगामी सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे।
Advertisement 2
उक्त बिदाई कार्यक्रममा कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।