
२०८२ कोहलपुर, जेठ १ —
नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति अन्तर्गत गठन गरिएको “नियमित रक्तदाता समूह” ले बिहिवार रक्तसञ्चार इकाई कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रमको क्रममा १५ युनिट रगत संकलन गरिएको छ।
Advertisement 1
रक्तदान कार्यक्रममार्फत ३८ औं पटकको रक्तदान समेत सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागी सबैलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ। पहिलोपटक समूहमा आबद्ध भई रक्तदान गर्ने नयाँ सहभागीहरुको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा पार्टीका नगर अध्यक्ष बल बहादुर खड्का ‘अबिर’, जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’, नगर सचिव निरक शाही, लुम्बिनी प्रदेश सदस्य अशोक प्रसाद पोख्रेल, केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने र प्रदेश सल्लाहकार शेषकान्त शर्मा लगायतको सक्रिय सहभागिता रहेको थियो।
Advertisement 2
नगर अध्यक्ष खड्काले नियमित रक्तदान कार्यक्रमलाई संस्थागत गर्दै आगामी दिनमा अझ व्यापक रूपमा यो अभियानलाई अघि बढाइने बताएका छन्। “समाजमा मानवियताको भावना फैलाउन रक्तदानजस्ता अभियान अपरिहार्य छन्,” उनले भने।
“नियमित रक्तदाता समूह”ले आगामी दिनहरूमा थप स्वयंसेवकलाई समूहमा आबद्ध गराई निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।