नेपालगन्ज भन्सार छली: करिब ३५ हजार बराबरको सामान नियन्त्रणमा

२०८२ जेठ ०१ कोहलपुर, बाँके – नेपालगन्ज नजिकैको राँझाबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब ३५ हजार रुपैयाँ बराबरका सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement 1

स्रोतका अनुसार, अस्थायी प्रहरी पोस्ट राँझाका इन्चार्ज जोगिलाल परियारको नेतृत्वमा गरिएको निगरानी तथा चेकजाँचको क्रममा ती सामानहरू नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सामग्रीहरूमा Mountain DewCoca Cola जस्ता पेयपदार्थहरू रहेका छन्।

हाल नियन्त्रणमा लिइएका सबै सामानहरू इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको र भोलि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको छ।

Advertisement 2

यसरी भन्सार छलीका घटनाहरू दिनानुदिन बढिरहेको अवस्थामा प्रहरीले चनाखो भूमिका निर्वाह गर्नु प्रशंसनीय रहेको छ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs