जनकपुरमा प्रिन्सिपलमाथि कालोमोसो, अखिल (क्रान्तिकारी) ले लगायो गम्भीर आरोप

२०८२जनकपुर, जेठ ०४– जनकपुरस्थित बीपी स्मृति बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल गोविन्द पौडेलमाथि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) मधेस प्रदेशले कालोमोसो दलेको छ। संगठनका कार्यकर्ताहरूले प्रिन्सिपल पौडेललाई उनको कार्यकक्षमै कालोमोसो दलेर विरोध प्रदर्शन गरेका हुन्।

Advertisement 1

अखिल (क्रान्तिकारी) का अनुसार प्रिन्सिपल पौडेल शिक्षालयमा हुने व्यापक अनियमितता, भ्रष्टाचार र आपराधिक क्रियाकलापमा संलग्न छन्। उनीमाथि फेल भएका विद्यार्थीलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गरेको आरोप लगाइएको छ। साथै परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसनको चलखेल गरेर संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने कार्यमा संलग्न भएको भनिएको छ।

Advertisement 2

संगठनले कानुनी प्रक्रिया र योग्यता नहेरी आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गरिएको, शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्तिको माध्यम बनाइएको, र विद्यार्थीको भविष्यमाथि खेलवाड हुने खालका गैरजिम्मेवार गतिविधिहरू गरिएको आरोपसमेत लगाएको छ।

प्रिन्सिपलको सांस्कृतिक र नैतिक रूपले पतनशील व्यवहार, सार्वजनिक पदको मर्यादाविपरीत आचरण र सम्पूर्ण शैक्षिक संस्थाको गरिमा, मर्यादा र विश्वसनीयतामाथि गम्भीर आघात पुर्‍याउने कार्य भएको भन्दै संगठनले विरोधमा उत्रिनुपरेको जनाएको छ।

Advertisement 3

घटनापछि शिक्षालय परिसरमा तनावको अवस्था सिर्जना भएको छ भने प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाएको छ। अखिल (क्रान्तिकारी) ले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै चेतावनी पनि दिएको छ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs