
दिपक शाही ,कोहलपुर (बाँके), २०८२ जेठ ८। कोहलपुर–५ रझेनास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू गणित विषय नपढी परीक्षाको संघारमा पुगेका छन्। विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकले विद्यालय प्रशासन र सरोकारवालासँग पटक–पटक गुहार माग्दा पनि समस्याको समाधान हुन सकेको छैन।
Advertisement 1
आज विद्यालय पुग्दा प्रधानाध्यापक रञ्जना राणा बिदामा रहनु भएको जानकारी प्राप्त भयो। विद्यालयमा सहायक लेखापाल पनि अनुपस्थित थिए। अन्य शिक्षकहरूका अनुसार सह-लेखापाल नहुनुको समस्य २०८१ सालको भदौ महिनादेखि नै यो समस्या सुरु भएको हो। यसबीचमा विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक लक्ष्यि राम थारु नियुक्त भइसकेका छन् र उन्ले त्यहा ११ बर्ष देखि पढाई रहेका छन भने गणित शिक्षकको व्यवस्था अझै भएको छैन।
Advertisement 2
विद्यार्थीहरूको भनाइमा अनुसार, विद्यालय २०८२ साल वैशाख २७ गतेबाट पुन: सञ्चालनमा आएको भए पनि गणित विषय कक्षामा पढाइ भएको छैन। आगामी असार महिनामा परीक्षा हुने तयारी भइरहेको अवस्थामा विषय नपढाउँदा विद्यार्थीहरूमा अन्योल उत्पन्न भएको छ।
प्रधानाध्यापकलाई निवेदन दिए पनि शिक्षक व्यवस्थापन नभएको गुनासो छ। विषयगत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम सिंह थारुले आफूहरूले कक्षा ९ र १० का लागि गणित शिक्षक माग गरेको भए पनि नगर शिक्षा शाखाबाट निम्न माध्यमिक तहका विज्ञान शिक्षक पठाइएको बताए। “हामीले कसरी गणित शिक्षकको जिम्मेवारी विज्ञान शिक्षकलाई दिने?” भन्ने प्रश्न पनि उठाएका छन्।
Advertisement 3
यसै विषयमा नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले भने २०८१/१२/२६ मा नै वैकल्पिक शिक्षकको रूपमा बद्री ढकाललाई पत्र काटी विद्यालयमा पठाइएको जानकारी दिए। तर विद्यालय व्यवस्थापन समितिले उनलाई समेत हाजिर हुन नदिएको बुझिएको छ। यसअघि गणित पढाउँदै आएकी शिक्षिका सन्ध्या गौतम चैतमै मावि मा नाम निकालेर अन्यत्र सरुवा भइसकेकी छन्।
बद्री ढकाल हालैसम्म मैटहवा स्थित जनता माविमा कार्यरत थिए र त्यहीँबाट तलब खाइरहेको जानकारी छ। यस्तो अवस्थाले शिक्षक नियुक्ति प्रणालीप्रति प्रश्न उठाएको छ। सम्बन्धित निकायले चाँडै वैकल्पिक वा स्थायी समाधान नगरे स्थिति झन् जटिल बन्ने संकेत देखिएको छ।