मणिपाल अस्पताल (नयाँ दिल्ली) को टोली नेपालगञ्जमा, स्वास्थ्य सेवा तथा सचेतनात्मक कार्यक्रम सम्पन्न

नेपालगन्ज बाँके १५ जेठ २०८२, बुधबारका दिन भारतको प्रतिष्ठित मणिपाल अस्पताल (नयाँ दिल्ली) बाट आएको एक विशेष चिकित्सक टोलीले नेपालगञ्जमा एक विशेष कार्यक्रम सम्पन्न गर्‍यो। नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलन तथा अन्तर्क्रियात्मक कार्यक्रममा अस्पतालका वरिष्ठ प्रतिनिधिहरूले मणिपाल अस्पतालद्वारा उपलब्ध गुणस्तरीय उपचार सेवा, विशेषज्ञ चिकित्सकहरूको भूमिका र अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

Advertisement 1

Advertisement 2

टोलीका प्रमुख डा. विकास जैनले कार्यक्रममा बोल्दै नेपाली बिरामीहरूका लागि मणिपाल अस्पतालले दिँदै आएको सेवा अझ सहज, भरपर्दो र सुलभ बनाउने उद्देश्यले नेपालका विभिन्न स्थानमा यस्ता स्वास्थ्य जानकारीमूलक कार्यक्रमहरू आयोजना गरिरहेको बताए। नेपालगञ्जबाट पनि उल्लेख्य संख्यामा बिरामीहरू उपचारका लागि मणिपाल अस्पताल पुग्ने भएकाले यहाँको समुदायसँग प्रत्यक्ष संवाद गर्नु अत्यावश्यक ठानेको उनको भनाइ थियो।

Advertisement 3

कार्यक्रममा सहभागी बनेका स्थानीय स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवी तथा सर्वसाधारणले भारतमा उपचार गर्दा देखिने विभिन्न चुनौतीबारे जिज्ञासा राखेका थिए। मणिपाल टोलीले ती प्रश्नहरूको उत्तर दिँदै “International Patient Services” अन्तर्गत प्राथमिक परामर्शदेखि यात्रा व्यवस्थापन, भाषा अनुवाद र उपचारपछिको समन्वय सेवासम्मको सम्पूर्ण प्रक्रिया सहज र प्रभावकारी रहेको जानकारी गरायो।

कार्यक्रमको अन्त्यतिर टोलीले नेपालगञ्जका बिरामीहरूका लागि पूर्व-परामर्श तथा समन्वय सहज बनाउन विशेष हेल्पडेस्कको स्थापना गरिने घोषणासमेत गरेको थियो।

डा. विकास जैनको परिचय

डा. विकास जैन मणिपाल अस्पताल (नयाँ दिल्ली) का वरिष्ठ यूरोलोजिस्ट तथा युरोलोजी विभागका प्रमुख हुन्। उहाँले एमबीबीएस, जनरल सर्जरीमा एमएस, युरोलोजीमा डीएनबी, अमेरिका बाट एफएसीएस र बेलायतको लिभरपुल विश्वविद्यालयबाट “Renal Transplantation Science” मा डिप्लोमा प्राप्त गर्नुभएको छ। उहाँ युरोलोजीका विविध पक्षहरूमा विशेष दक्षता राख्नुहुन्छ, जसमा रोबोटिक सर्जरी, मिर्गौला प्रत्यारोपण, बाल-युरोलोजी तथा क्यान्सरसम्बन्धी शल्यक्रियाहरू प्रमुख छन्। उहाँ अन्तर्राष्ट्रिय स्तरका विभिन्न चिकित्सा संस्थासँग आबद्ध हुनुहुन्छ।

डा. अभिनव नरवरियाको परिचय

डा. अभिनव नरवरिया मणिपाल अस्पतालमा कार्यरत एक अनुभवी क्यान्सर विशेषज्ञ (मेडिकल अन्कोलोजिस्ट) हुन्। एमबीबीएस, एमडी र DrNB (Medical Oncology) अध्ययन गरेका उनले स्तन, फोक्सो, पाचन प्रणाली, टाउको-घाँटी, मूत्रजनन प्रणालीदेखि रक्तसम्बन्धी क्यान्सरसम्मका उपचारमा विशेष दक्षता राख्छन्। आधुनिक उपचार विधिहरू जस्तै किमोथेरापी, टार्गेटेड थेरापी, हर्मोनल तथा इम्युनोथेरापीमा उहाँको पकड रहेको छ। साथै, उहाँ जनचेतना, क्यान्सर स्क्रिनिङ, जोखिम न्यूनीकरण तथा बोन म्यारो प्रक्रिया र अन्य जटिल उपचारहरूमा समेत सक्रिय हुनुहुन्छ।

डा. नरवरिया ESMO, ASCO लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूका सदस्य हुनुहुन्छ र उहाँले अमेरिका तथा अष्ट्रेलियाका प्रतिष्ठित क्यान्सर संस्थाबाट विशेष तालिम पनि लिनुभएको छ।

प्रकाशित : ३ हप्ता अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs