अपहरण गरी बन्धक बनाई ला.औ. समेत खुवाई कुटपिट गर्ने १ थान खुकुरी सहित ३ जना पक्राउ

सुरक्षा संवाददाता
१० मंसिर २०८१ कैलाली ; अपहरण गरी बन्धक बनाई ला.औ. समेत खुवाई कुटपिट गर्ने १ थान खुकुरी सहित ३ जना ब्यक्ति कैलाली प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला बझाङ केदारस्यु गाउँपालिका वडा नं. ०६ घर भई हाल पढाईको सिलसिलामा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०४ तारानगर कोठा गरी बस्ने बर्ष १७ को योगेश धामी र जिल्ला बझाङ मष्टा गाउँपालिका वडा नं. ०६ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष १७ को अशोक खड्का समेतलाई उनिहरुकै कोठाबाट अपहरण गरी लगेको र दुबै जनालाई धनगढी उप-महानगरपालिका वडा नं. ०४ तारानगर स्थित रहेको बाझो घरमा बन्धक बनाई ५ ट्याब्लेट ला.औ. समेत खुवाई खुकुरी समेत देखाई ३ जना मिलेर कुटपिट गरेको भनि सोमबार वडा प्रहरी कार्यालय धनगढी कैलालीमा उजुरी परेको थियो । उजुरी पश्चात् वडा प्रहरी कार्यालय धनगढीबाट प्र.नि. योगेश खत्रीको कमाण्डमा खटिगएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ०५ घर भई हाल पढाईको सिलासिलमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०१ सन्तोषी टोल बस्ने बर्ष १८ को अमित नेगी, जिल्ला डडेलधुरा अमरगढी नगरपालिका वडा नं. ०१ घर भई हाल हाल पढाईकै सिलासिलमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०१ सन्तोषी टोल बस्ने बर्ष १८ को बिशाल भट्ट र जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ०१ अत्तिरिया बस्ने बर्ष २४ को भुपी खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुको कोठाबाट थान-१ खुकुरी सहित फेलापारी बरामद गरी उनिहरुलाई नियन्त्रण लिई आवश्यक सोधपुछ गरिएको र उनिहरुको मोबाईल समेत चेकजाँच गर्दा कुटपिट गरेको भिडियो भेटिएकोले तीनै जनालाई आवश्यक कारवाहीका लागि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Advertisement 1

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs