
२०८२ जेठ १९ गते कोहलपुर, बाँके- कोहलपुर नगरपालिका–८ निवासी भुम बहादुर भण्डारीले कोहलपुर शवदाह गृह निर्माणमा देखिएको विवादसँग सम्बन्धित सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै आज एक प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्।उनले मिति २०८२ जेठ १८ गते “दैनिक उज्यालो अनलाइन”मा प्रकाशित निर्माण उपभोक्ता समितिका अध्यक्षको अभिव्यक्तिलाई गैर-जिम्मेवारपूर्ण भन्दै त्यसले अदालतको प्रक्रिया र सम्मानमाथि प्रश्न उठाएको बताएका छन्।
Advertisement 1
“प्रक्रियागत कमजोरी देखिएपछि न्यायिक उपचार खोज्न बाध्य”
भण्डारीले शवदाह गृह निर्माणको प्रक्रियामा प्रारम्भिक चरणमै देखिएको कमजोरीबारे नीतिगत उत्तर नपाएपछि कानुनी बाटो रोज्न बाध्य भएको स्पष्ट पारेका छन्। पाँच महिनासम्म अदालतमा बहसपछिको फैसलालाई प्रमाणीकरण प्रक्रिया अझै बाँकी रहेको उल्लेख गर्दै, यसअवस्थामा सार्वजनिक रुपमा अभिव्यक्ति दिनु न्यायिक मर्यादाविरुद्ध रहेको बताएका छन्।
Advertisement 2
“माथि नियोजित बदनाम गर्ने प्रयास भइरहेको छ”
उनले आफूलाई नियोजित ढंगले एक्ल्याउने, बहिष्कार गर्ने र बदनाम गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति घोर आपत्ति जनाएका छन्। “बारम्बार नियोजित अफवाह र बेइमानीपूर्ण भ्रमहरु फैलाउने कार्य न त सह्य छन्, न त स्वीकार्य,” उनले विज्ञप्तिमा भनेका छन्।
Advertisement 3
“संविधानप्रदत्त अधिकारको संरक्षणका लागि फेरि अदालत जाने तयारी”
नेपालको संविधानले प्रत्याभूत गरेको मर्यादित जीवन यापनको अधिकारविरुद्ध हुने कुनै पनि कार्य अस्वीकार्य भएको उल्लेख गर्दै उनले आवश्यक परे पुनः अदालत जाने चेतावनी पनि दिएका छन्।
समाज र सरोकारवालाहरुलाई आग्रह: “भ्रम नछरौं, विधिको सम्मान गरौं”
विज्ञप्तिको अन्त्यमा उनले समाज, नागरिक, सरोकारवाला निकाय तथा सञ्चार माध्यमलाई वस्तुस्थिति स्पष्ट रूपमा बुझ्न र अनावश्यक भ्रम नछरिन आग्रह गरेका छन्। उनले विधि प्रक्रियाको सम्मान गर्दै न्यायमा आम नागरिकको विश्वास र सम्मान कायम राख्न आह्वानसमेत गरेका छन्।