कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

२०८२ कोहलपुर, बाँके जेठ २१- कोहलपुर नगरपालिका वडा नं ६ का वडा सदस्य तथा नेपाली कांग्रेसका नेता गोविन्द वाग्ले एक २० वर्षीया युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। वाग्ले कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाका सचिव समेत रहेका छन्।

Advertisement 1

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले सुरक्षा राष्ट्रिय दैनिकसँग कुरा गर्दै वाग्लेलाई मंगलबार साँझ पक्राउ गरिएको पुष्टि गरेकी छिन्। उनका अनुसार वाग्ले साँझ करिब साढे ८ बजे ती युवतीको घर पिउने पानीको बहानामा पुगेका थिए। सोही क्रममा उनले दुर्व्यवहार गरेको आरोप लागेको हो।

स्थानीय स्रोतका अनुसार उक्त साँझ गाउँमा भण्डारा आयोजना गरिएको थियो। वाग्ले सोही भण्डारामा पुगेका थिए र त्यहीँ दुर्व्यवहारको घटना भएको बताइएको छ।

Advertisement 2

डिएसपी खनालका अनुसार हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ। “सम्पूर्ण तथ्यहरू अनुसन्धानपछि बाहिर आउनेछन्,” उनले भनिन्।

वाग्ले पक्राउपछि काङगेसका काेहलपुर नगरदेखि जिल्ला र केही केन्द्रीय तहका नेता छुटाउनका लागि लागिपरेकाे चर्चाछ । उनीहरूले काेहलपुरका डिएसपीसंग वाग्लेलाई छाेडन दबाब दिन थालेकाे खुल्न आएकाे छ ।

Advertisement 3

तर, काेहलपुरका डिएसपी खनाल भने आराेपितलाई नियन्त्रणमा राखि अनुसन्धान भइरहेकाले कसैको दबाबमा छाेडने भन्ने सम्भव नभएको बताउँछिन् ।

उनका अनुसार बाहिर जे हल्ला भपनि अहिले त्यस्ताे दबाब आएकाे छैन यदी आएपनि दाेषी ठहर भए कानुन अनुसार कारवाही प्रकृया अघि बढछ ।

घटनाको सत्यतथ्य पुष्टि र दोषीउपर कारबाहीको माग गर्दै पीडित पक्षले न्यायको माग गरेका छन्।

प्रकाशित : १ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs