बाँकेमा चर्को गर्मी, अनियमित बत्तीले जनजीवन अस्तव्यस्त

२०८२ जेठ २६ बाँके: बाँकेमा गर्मीको प्रकोप तीव्र रूपमा बढिरहेको छ। तापक्रम दिनहुँ ४२ डिग्री सेल्सियस आसपास रहँदा जनजीवन प्रभावित भएको छ। यस्तो चर्को गर्मीमा विद्युत् आपूर्ति नियमित नहुँदा समस्या झनै बढेको छ।

Advertisement 1

घरभित्र आराम गर्नसमेत गाह्रो हुने गर्मीका बेला दिनहुँ तीनदेखि चार घण्टासम्म बत्ती जाने गरेको छ। कहिलेकाहीँ मर्मतको नाममा सूचना दिइन्छ, तर अधिकांश समयमा पूर्वसूचना नै नदिई बत्ती जाने गरेको स्थानीयको गुनासो छ। रातको समयमा समेत बत्ती नहुँदा निद्रामा समेत असर परेको छ।

काम गरेर थाकेका सर्वसाधारणका लागि रातको बत्ती कटौती थप पीडादायी बन्न पुगेको छ। व्यवसायीहरूका अनुसार, अनियमित बत्तीले इलेक्ट्रिक उपकरण तथा मेसिनरीमा क्षति पुर्‍याइरहेको छ। केहीले वैकल्पिक रूपमा जेनेरेटर वा इन्भर्टर जडान गरे पनि त्यसले लामो समयको लोडसेडिङ धान्न नसक्ने बताएका छन्। साथै, वैकल्पिक उपायको खर्चसमेत दोब्बर बढेको छ।

Advertisement 2

यता, गर्मीका कारण बजारमा पेयपदार्थको माग बढेको छ। सडकमा दिउँसोको समयमा मानिसको चहलपहल न्यून देखिएको छ। धेरैजसो मानिसहरु घरभित्रै बस्न बाध्य छन् भने युवापुस्ताले पार्क र हरियाली स्थानमा समय बिताउने गरेका छन्।

गर्मीका कारण अस्पताल र क्लिनिकहरूमा बिरामीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। सफा खानेकुरा, स्वच्छ पानी र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा संक्रमण र पेटसम्बन्धी समस्या देखिएको छ।

Advertisement 3

यसैबीच, सम्बन्धित निकायले विद्युत् आपूर्तिमा सुधार ल्याउने उद्देश्यले निरीक्षण तथा छलफलहरू थालेको जानकारी आएको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास भइरहेको जनाइएको छ।

वर्षा नहुँदासम्म तापक्रम अझै बढ्ने सम्भावना रहेकाले नागरिक सतर्क रहन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन्।

प्रकाशित : १ हप्ता अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs