निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

२०७८ जेठ २७, बाँके –नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग नक्साल काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (प्र.अ.म.नि.) श्री सिद्धि बिक्रम शाहज्यूको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पन्न भएको छ।

Advertisement 1

प्र.अ.म.नि. शाहज्यूको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उहाँले कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरूबाट सम्पादित कार्य विवरणको जानकारी लिनुभएको थियो।

कार्यक्रममा बाँके जिल्ला तथा मातहतका प्रहरी कार्यालयका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। सम्बोधनको क्रममा शाहज्यूले समाजमा शान्ति सुरक्षाको सुदृढीकरणमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रमाणमुखी अनुसन्धान, अभिलेख व्यवस्थापनमा सुधार र प्रहरी आचरण तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो।

Advertisement 2

उहाँले जनमुखी, उत्तरदायी र विश्वसनीय प्रहरी सेवा प्रवाह गर्न, प्रहरी संगठनका मूल्य र मान्यताअनुसार कार्य गर्न तथा प्रत्येक प्रहरी कर्मचारीले सेवा भावका साथ कर्तव्य पालन गर्नुपर्ने कुरामा विशेष बल दिनुभयो।

कार्यक्रमको प्रारम्भमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्री राम प्रसाद घर्ती मगरज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो। समापनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूले धन्यवाद ज्ञापन गर्दै प्र.अ.म.नि. शाहज्यूको निर्देशनलाई अक्षरसः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रहरी सेवालाई समय सापेक्ष, परिष्कृत, समावेशी, सर्वस्वीकार्य र भरोसायोग्य बनाउने अठोट व्यक्त गर्नुभयो।

प्रकाशित : १ हप्ता अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs