दाङमा “सुरक्षित यात्राका लागि स्मरण” कार्यक्रम सम्पन्न

२०८२ दाङ, असार ५ – जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले “सुरक्षित यात्राका लागि स्मरण” कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement 1

तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा सम्पन्न उक्त कार्यक्रममा दाङ जिल्लाका पहाडी भेगमा सञ्चालन हुने सवारीसाधनका चालक र सहचालक गरी ५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का जोखिमलाई मध्यनजर गर्दै ट्राफिक नियम, दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

Advertisement 2

प्रहरीको भनाइअनुसार वर्षायाममा पहाडी क्षेत्रमा दुर्घटनाको जोखिम बढी हुने भएकाले समयमै सजगता अपनाउन यस्तो कार्यक्रम आयोजना गरिएको हो। सहभागी चालकहरूले कार्यक्रम उपयोगी भएको बताउँदै ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

ट्राफिक प्रहरी कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई अन्य क्षेत्रसम्म विस्तार गरिनेछ।

प्रकाशित : ३ हप्ता अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs