दैलेखमा मिथेन ग्यास भेटियो, ५० वर्ष पुग्ने अनुमान

२०८२ असार ६, दैलेख— दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यास भेटिएको छ। चिनियाँ प्राविधिक टोलीले गरेको पेट्रोलियम अन्वेषणको प्रारम्भिक रिपोर्ट अनुसार, उक्त क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पाइएको हो।

Advertisement 1

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितका अनुसार, प्रारम्भिक रिपोर्टमा दैलेखमा १ सय १२ अर्ब घनमिटर ग्यास रहेको अनुमान गरिएको छ। यो परिमाणको ग्यास नेपाललाई करिब ५० वर्ष पुग्नेछ।

“अन्तिम प्रतिवेदन आउन अझ केही समय लाग्ने देखिएको छ, त्यसैले हामीले चिनियाँ टोलीसँग प्रारम्भिक रिपोर्ट मागेका थियौं,” नापितले भने। “यो रिपोर्टले दैलेखमा पर्याप्त मात्रामा मिथेन ग्यास भएको देखाएको छ, जसले अब सरकारले आवश्यक तयारी अघि बढाउन सक्छ।”

Advertisement 2

विभागले यो रिपोर्टका आधारमा परीक्षण उत्पादनको तयारी गर्ने जनाएको छ। अब कसरी, कहिले र कसले परीक्षण उत्पादन गर्ने भन्ने निर्णय गर्ने प्रक्रिया सुरु हुँदैछ। अन्तिम प्रतिवेदन भने पुस महिनासम्ममा आउने अपेक्षा गरिएको छ।

ग्यास भेटिएको पुष्टि भएपछि स्थानीयबासी र सरकारी अधिकारीहरू निकै उत्साहित देखिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैलेखमा प्राप्त नतिजाको आधारमा अब अन्य सम्भावित क्षेत्रहरूमा पनि अन्वेषण गरिने जानकारी दिएका छन्।

Advertisement 3

पाल्पा, दाङ लगायतका ठाउँहरूमा पनि ग्यास हुनसक्ने अनुमान छ। स्थानीयहरूले भने सरकारले ढिला नगरी व्यावसायिक उत्पादन र प्रशोधनको तयारी गर्नुपर्ने माग गरेका छन्। उनीहरूको अनुसार, यो ग्यास दैलेखको विकास र समृद्धिको ठूलो अवसर हो।

प्रकाशित : २ हप्ता अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs