बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

बाँके, २०८२ असार ६ – बैजनाथ गाउँपालिका–६, गरहीस्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब ३० फिट दक्षिणतर्फ रहेको पानी जमेको खाडलमा एक पुरुषको सडेको अवस्थामा रहेको शव फेला परेको छ।

Advertisement 1

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, स्थानीयवासीको सूचना आधारमा प्रहरी टोली आज बिहान करिब ९ बजे घटनास्थलमा खटिएको थियो। घटनास्थल नजिकैको श्री ज्योति आधारभूत विद्यालयको उत्तरपट्टिको क्षेत्रमा शव फेला परेको हो।

शवको पहिचान बैजनाथ गाउँपालिका–३ निवासी ६५ वर्षीय रन बहादुर दमाईको रूपमा भएको छ। प्रहरीका अनुसार शव अत्यधिक सडेको अवस्थामा फेला परेकाले घटनाको केही दिन अगाडि भएको अनुमान गरिएको छ।

Advertisement 2

प्रहरीले परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिहरूलाई जानकारी गराइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित : २ हप्ता अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs