डडेल्धुरारा परशुराम नगरपालिकाको स्वास्थ्य कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुरक्षा सम्बादाता १४ मङ्सिर २०८१ डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको भन्दै मुद्दा दायर गरिएको हो।

Advertisement 1

अहेव रमेश बोहराले विसं २०७७ साल भदौ ११ गतेदेखि हालसम्म नक्कली प्रमाणपत्र बुझाएर पदको लाभ लिएको अनुसन्धानबाट खुलेको छ। सोही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको हो।

उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा १ बमोजिमको कसुरमा शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको हो।

Advertisement 2

बोहराले कम्युनिटि मेडिसिन असिस्टेन्ट तहको झुटा तथा नक्कली प्रमाणपत्र पेस गरेको खुलेको हो। बोहरा परशुराम नगरपालिका वडा नं ८ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको अहेव पदमा कार्यरत थिए।

 

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs