अव्यवस्थित भुमिहिन तथा सुकुम्बासी संयुक्त संघर्ष समन्वय समिती कोहलपुर बाँके द्वारा विशेषज्ञ दन्त शिबिर शनिबार सम्पन्न

सुरक्षा संवाददाता
१५ मंसिर २०८१: अव्यवस्थित भुमिहिन तथा सुकुम्बासी संयुक्त संघर्ष समन्वय समिती कोहलपुर बाँके द्वारा विशेषज्ञ दन्त शिबिर शनिबार सम्पन्न गरेको छ। पछिल्लो समय दाँत तथा मुखका बिरामिहरुको संख्या बढे संगै उपचार आवश्यकता महसुस गर्दै समितिले कोहलपुर डेन्टल अस्पतालको प्राविधिक सहयोगमा शिबिर सम्पन्न गरेको हो । समितिका अध्यक्ष जीवन थापाको सभापतित्त्वमा भएको कार्यक्रममा अस्पतालका डाक्टर आस्था ढकालको प्रमुख आतिथ्यता रहेको हो । पछिल्लो समय कोहलपुर डेन्टल अस्पतालले आफ्नो सेवा बिस्तार गर्दै सुदुरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निशुल्क शिबिर संचालन गर्दै आएको अस्पतालका प्रमुख गजेन्द्र शाहीले बताउनु भएको हो। शिबिर बाट शान्तिनगर बस्तिका करिब ५०जनाले विशेषज्ञ दन्त सेवा लिएको आयोजक संस्थाका सचिब जितेस कुमार वदालले जानकारी दिनुभएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिबहादुर खत्री लगायत सम्पुर्ण कार्यसमितिको उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले यस्ता खालका शिबिर संचालनले नागरिकले थप सेवाभाबको महसुस गर्ने बताउदै आगामी दिनमा पनि स्वास्थ सम्बन्धिका विभिन्न शिबिर संचालन गर्ने भन्दै प्राबिधिक सहयोग गरेकोमा कोहलपुर डेन्टल अस्पताल परिवारलाई समेत धन्यवाद ब्यक्त गर्नु भएको थियो।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs