मौसम परिवर्तन संगै सवारी दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टीभ स्टीकर आवश्यक – कार्यालय प्रमुख पन्त

Advertisement 1

सुरक्षा संवाददाता
१६ मंसिर २०८१ नेपालगन्ज ; जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेले मौसम परिवर्तन भए संगै दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको हो ।

Advertisement 2

मौसम परिवर्तन संगै बढ्दो हुस्सु र रातिको समय सवारीसाधन प्रष्ट नदेखिने र भिजीबिलीटी समेत कम देखिने भएकाले सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टीभ स्टीकरले सचेत गराउने भएकोले पहिलो चरणमा ईरिक्सा र अटो इर्क्सामा रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सुरु गरिएको कार्यालयले जनाएको हो। अबको मौसममा लामो दुरिबाट टल्किने स्टीकर देख्न सकिने जसले सडक दुर्घटना न्यूनीकरणमा कमी आउन सक्ने भन्दै मौसम परिवर्तन सुरुहुनु पुर्व सचेतना स्वरूप यो अभियान सुरु गरेको जसमा पहेलो र रातो स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले बताउनु भएको हो।

Advertisement 3

राम्रोसँग सवारीसाधनका नम्बर प्लेट नदेखिने
ब्याकलाइट नहुने जस्ता सवारीसाधनको पछाडिको भागमा टल्किने रातो र पहेँलो रिफ्लेक्टिभ स्टिकर टाँस्ने काम गरिएको कार्यलयका बरिष्ठ सहायक प्रहरी निरीक्षक प्रविण आचार्यले बताउनु भएको हो । आइतबार करिब ५० बन्दा बढी ईरिक्सा तथा अटो रिक्सामा स्टिकरहरु टाँसिएको हो ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs