हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर द्वारा एकलाखको कथा पुरस्कार विजेता पादुकालाई कोहलपुरमा सम्मान

सुरक्षा संवाददाता
१८ मंसिर २०८१ कोहलपुर ;हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर द्वारा एकलाखको कथा पुरस्कार विजेता पादुकालाई कोहलपुरमा सम्मान गरिएको छ।
मंगलबार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा भएको कार्यक्रममा यस वर्षको डिसहोम बाह्रखरी कथा प्रतियोगितामा प्रथम पुरस्कार (रु १,००,०००) जित्न सफल कथाकार विष्णु पादुकालाई बधाई तथा सम्मान गरिएको हो। पुरस्कार विजेता पादुकालाई कार्यक्रका प्रमुख अतिथि प्राज्ञ महानन्द ढकाल र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजालले फूलमाला, टीका र खादा लगाएर सम्मान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि ढकालले बाँकेलाई सिङ्गो राष्ट्रिय स्तरमा चिनाउने स्रष्टाहरू कोहलपुरले पाउनु गर्वको विषय रहेको बताउनु भएको हो।

Advertisement 1

डिसहोम र बाह्रखरीको आयोजनामा भएको कथा प्रतियोगितामा देश विदेशका करिब ९३६ बढी कथाकारहरुलाई पछि पार्दै कोहपुरका कथाकार पादुकाको ‘माग्युद खोना’ कथाले वर्ष ०८१ को प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । पुरस्कार विजेता एवम कथाकार पादुकाले आफ्नो कथाको विषयवस्तु र रचना गर्भबारे बताउँदै आयोजकलाई धन्यवाद दिनु भएको हो । कार्यक्रममा पूर्व बाह्रखरीको पाँचौं श्रृङखला कथा प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल कथाकार नवीन अभिलाषी साथै पहिलो श्रृङखलाको प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल कोहलपुरकै कथाकार सुमित्रा न्यौपानेको समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्राज्ञ हरि तिमिल्सिना, उपन्यासकार किरण आचार्य, कथाकार जित बहादुर शाह, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेत, सागर गैरे, दामोदर पौडेल, गजलकार नमिता बराल , हाइकुकार उपमन्यु बद्री हिरामणि , कथाकार छविलाल खड्का , भुपेन्द्र सुवेदी, एल बी क्षेत्री, लगायत चार दर्जन बढी साहित्यकारहरूको साथमा आधा दर्जन बढी पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement 2

प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गरेका थिए , भने कार्यक्रममा कथा “माग्युद् खोना” वाचन रेडियोकर्मी कल्पना कार्कीले गर्नु भएको थियो।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs