त्रिपुरासुन्दरी गाउँपालिकामा आज बुधबार सार्वजनिक बिदा

 

Advertisement 1


सुरक्षा सम्बादाता १९ मङ्सिर २०८१ धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आज बुधबार सार्वजनिक बिदा दिएको छ । पालिकाले एक सूचना जारी गर्दै पालिकाको आस्थाको केन्द्र त्रिपुरासुन्दरी माई (न्वागी) मेलाको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गरेको छ ।

Advertisement 2

त्रिपुरासुन्दरी माई (न्वागी) मेला पहाडी भेगमा ठूलो मेलाको रूपमा लिइन्छ । यो मेलामा घरमा भएकी देवीलाई माइती मन्दिरमा न्वागी खुवाउन ल्याउने चलन अनुरूप गाउँको मन्दिरमा रातभर पूजापाठ गरी बिहान बाजा गाजा र हतियार सहित बेंसी मन्दिरमा झार्ने चलन छ ।

मेला भर्न विभिन्न जिल्लाबाट हजारौं भक्तजन आउने गर्दछन् । मेलाको अवसर पारी विभिन्न किसिमका खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने गरेको हो।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs