माओवादीको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग प्रधान

Advertisement 1

सुरक्षा सम्बादाता १९ मङ्सिर २०८१ काठमाडौं। नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत युरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च युरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गरेका थिए ।

Advertisement 2

 

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि युरोप र अस्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिए । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।

Advertisement 3

 

विगतमा टुटफुटलगायत विभिन्न कारणले कमजोर बन्न पुगेको माओवादी आन्दोलनमा पुनः जागरण सुरु भएको उल्लेख गर्दै उनले अहिले लाखौं युवाहरु प्रवासमा रहेकाले उनीहरुलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्नसक्ने वातावरणको सिर्जना गर्न पार्टीका प्रवास समितिहरू लाग्नुपर्ने बताए ।।

देश सधैँ एउटै अवस्थामा नरहने र बिस्तारै युवाहरु बिदेसिनुपर्ने बाध्यता कम हुँदै जाने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डामा निरन्तर अघि बढ्ने बताए ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs