पूर्वमन्त्री लिलाबल्लभ अधिकारी माथि पुन अनुसन्धानको माग गर्दै सर्वोच्चमा रिट

Advertisement 1

सुरक्षा सम्बादाता २० मङ्सिर २०८१ काठमाडौं; मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिलाउने सरकारी वकीलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

Advertisement 2

सरकारी वकीलको कार्यालयले एउटै प्रकरणमा पक्राउ परेका १२ जनामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्दै अधिकारीविरुद्ध कुनै मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णय बदर हुनुपर्ने र अधिकारीमाथि पुन अनुसन्धान गरी मुद्दा दायर गर्न आदेशको मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट दर्ता गरेका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यसअघि मंसिर १४ गते नै सर्वोच्चमा रिट निवेदन दर्ता गराउन खोजेका थिए । तर सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । आज इजालसले नै रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो ।

Advertisement 3

यसैका साथ कात्तिक २६ गते विराटनगरबाट पक्राउ परेका अधिकारीमाथि केही व्यक्तिलाई मन्त्रालयको नक्कली परिचय पत्र बनाइदिएर अवैध रुपमा जापान पुर्याउन खोजेको आरोप छ । सरकारी वकीलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई मंसिर १० गते हिरासतमुक्त गरिएको हो ।।

 

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs