नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले नेपाल रास्ट्र बैंक लाई ६ बुदे माग सहित बुझायो ज्ञापन पत्र

Advertisement 1

सुरक्षा संवाददाता
२१ मंसिर २०८१ नेपालगन्ज ; नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले नेपाल रास्ट्र बैंक लाई ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार एक विज्ञपति जारी गर्दै पछिल्लो वर्तमान परिवेशमा बैंक तथा वित्तीय संस्थाले आतंक मच्चाएको भन्दै नियमन गर्न सचेतना स्वरूप ज्ञापन पत्र बुझाएको पार्टीले जनाएको छ। नेपालगन्जमा रहेको नेपाल रास्ट्रा बैंकको कार्यालय मर्फत रास्ट्र बैंकको केन्द्रिय कार्यालयका निर्देशक लाई तत्काल समाधान गर्न ध्यानाकर्षण ज्ञापन पत्र दिइएको पार्टीले जनाएको छ।

Advertisement 2

पार्टीले बुझाएको ज्ञापन पत्र यस्तो रहेको छ;
‘गत मंसिर ११ गते राष्ट्र बैंकले कर्णाली बिकास बैंकको नाममा जारी गरेको सुचना र त्यस पछि मंसिर १३ गते कर्णाली विकास बैंकले निकालेको प्रेस विज्ञप्ति प्रती हाम्रो पार्टिको गम्भीर ध्यानाकर्षण भएको छ। राष्ट्र बैंकको सुचना र कर्णाली बिकाश बैंकको विज्ञप्तिको सन्दर्भमा हाम्रो पार्टीको धारणा राख्न यो ज्ञापनपत्र पेश गर्दछौ।

मुलतः मुलुकलाई यति बेला वित्तिय आंतकले आक्रान्त तुल्याएको छ। वित्तिय आतंकको आक्रमणले नछोएको कुनै घर परिवार छैन भन्दा अतिसयोक्ती नहोला। यसरी जनमारा तथा जनपिराह आर्थिक आतंकको एक मात्र कारण दलाल संसदीय व्यवस्था हो भन्ने हाम्रो स्पष्ट ठम्याइ रहि आएको छ। त्यसैले हाम्रो पार्टिले दलाल संसदिय व्यवस्थाको निस्सासिदो भुमरी बाट जनतालाइ मुक्ति दिलाउन “वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा” सहित अनवरत संघर्षको मैदानमा डटिरहेको छ । यसै सिलसिलामा पटक पटक विभिन्न संचार माध्यमले तथ्य प्रमाण सहित समाचार प्रकाशित गरि सक्दा पनि राष्ट्र बैंकले कर्णाली बिकास वैंक प्रती मौनता साधेर देखाएको माया मोहको पनि हाम्रो पार्टी खेद प्रकट गर्दछ। जनताको निक्षेप जोखिम हुनुमा मुठी भरका माफियाको जति हात छ त्यसलाइ अनदेखा गर्ने बैंकको बैंक राष्ट्र बैंकको पनि कम हात छैन भन्ने हाम्रो बुझाइ छ। निमायक निकाय कानमा तेल हालेर बस्ने र दलाल तस्करहरुले जनताको खुन पसिना बगाएर पाइपाइ जम्मा गरेको रकममा रजाइँ गर्दै रासलिला मच्चाउने कुरा हाम्रो पार्टिको लागि किमार्थ स्विकार्य र शह्य हुदैन । त्यसैले जनताको निक्षेप सुरक्षित गर्न र “बाफिया” भित्र घुसेका माफियालाइ कार्वाही गर्न तपशिलको माग सहित यो ज्ञापनपत्र पेश गर्दछौ ।’

Advertisement 3

मागहरु – :१. कर्णाली विकास बैंकलाई संकटउन्मुख होइन तत्काल संकटग्रस्त घोषणा  गर्नु पर्ने।
२. कर्णाली बिकास बैंकलाई बर्बाद पार्ने गिरोहलाइ कार्वाहिको दायरामा ल्याउनु पर्ने ।
३. राष्ट्र बैंकको तर्फबाट सुपरिवेक्षणमा गएर कर्णाली बिकास बैंकका काला कर्तुतमा पर्दा हाल्ने कर्मचारीलाई कार्वाही गर्नु पर्ने।
४. जनताको निक्षेपको ग्यारेन्टी गर्नुका साथै जनतालाइ आफ्नो निक्षेप फिर्ता पाउन राष्ट्र बैंकले निश्चित समय दिएर आव्हान गर्नु पर्ने ।
५.कर्णाली बिकास बैंकका उच्च व्यवस्थापन, संचालक तथा पुर्व संचालक , शेयरधनी, भ्यालुएटर लगायतकाको बैंक खाता , सम्पत्ति रोक्का र विदेश जान अविलम्ब रोक्नु पर्ने ।
६. जोखिमपुर्ण अवस्थामा भएको बैंकको शेयर मुल्य अधिक देखाइ किर्ते गरि सर्वसाधारण ठग्ने धितो बोर्डका संलग्न कर्मचारिलाइ कार्वाहिको दायरामा ल्याउनुपर्ने ।

उल्लेखित मागहरुलाई यथासिघ्र कार्यान्वयन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं। यदि वेवास्ता गरिए हाम्रो पार्टी पिडित जनताकाे पक्षमा उभिएर संघर्षमा उत्रिन बाध्य हुनेछौ भन्दै पार्टीका ५ नम्वर व्युरो इन्चार्ज तिलक र ६ नम्वर व्युरो इन्चार्ज संगम को हस्ताक्षरित विज्ञपति बुझाएको हो।

 

प्रकाशित : १ दिन अगाडि

ऐन नियम विपरीत सेवा शुल्क वृद्धि गरेको भन्दै सामाजिक अभियान्ता भुम भण्डारीले गरे उजुरी दर्ता

त्रिभुवन नमुना माध्यामिक विध्यालय अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित

कोहलपुर महोत्सव विशेष बृहत् पत्रकार सम्मेलन सम्पन्न

सुदुरपश्चिम सेवा समाज कोहलपुरको बृहत रक्तदान एबम विशेषज्ञ दन्त शिबिर सोमबार सम्पन्न

Designed by Gorkhaly Labs