सहकारी अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउने प्रदीप ज्ञवालीको दावी

Advertisement 1


सुरक्षा सम्बादाता २१ मङ्सिर २०८१ काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउने बताएका छन्।

म्याग्दीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन गरेको बताए।
उनले बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको बताए।

Advertisement 2

उनले भने, ‘सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेकाको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ। सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउँछन्।’

Advertisement 3

उनले रास्वपाका नेता कार्यकर्ताले सभापति रवि लामिछाने निर्दोष छन् भनेर सडकबाट गरेको फैसला स्वीकार्य नहुने बताए।

उनले भने, ‘रास्वपाले आफ्ना सभापतिलाई अनुसन्धानका लागि हिरासतमा राखेको बिषयलाई लिएर रास्वपाका सांसदहरु पनि सडकमा उत्रिनुभएको छ। कानून हातमा लिने प्रयास गरिराख्नुभएको छ। र, सडकबाट रवि लामिछाने निर्दोष हुनुहुन्छ भनेर फैसला गर्दै हुनुहुन्छ। यो गलत हो। कानून हातमा लिएर सडकबाट फैसला गर्ने कुरा स्वीकार्य हुँदैन। यस्तै खालका कसुरमा सत्तापक्षका साथीहरु पनि हिरासतमा हुनुहुन्छ। एमाले र कांग्रेसले जुलुस निकालेको छैन। हिजो फरक अभियोगमा बालकृष्ण खाणा र टोपबहादुर रायमाझी पक्राउ पर्दा हामीले कानून हातमा लिने काम गरेनौं।’

उनले कानून सम्बत् अघि बढ्ने निकायलाई स्वतन्त्र ढंगले काम गर्न सरकारले दिने बताए। जुनसुकै अनियमिता गर्नेहरुमाथि निर्मम रुपले कारवाही गर्ने बताए।।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs