रास्वपा नेताकार्यकर्ता बिरुद्ध जाहेरी दिँदै पत्रकार देउजा

 

Advertisement 1

 

Advertisement 2

 

सुरक्षा सम्बादाता २१ मङ्सिर २०८१ काठमाडौं; पत्रकार सन्तोष देउजाले अस्ति दिउँसो आफूमाथि कुटपिट गर्नेविरुद्ध कानुनी उपचार खोज्ने भएका छन् । समाचार संकलनका क्रममा आफूमाथि हातपात गर्ने र गर्न उक्साउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा समितिको सभापति दीपक सेढाईंविरुद्ध उनी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् ।

Advertisement 3

मंसिर १९ गते सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनविरुद्ध पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयान चलिरहँदा बाहिर उनका समर्थकहरुले प्रदर्शन गरिरहेका थिए ।

 

त्यसै को रिपोर्टिङ गर्न पुगेका कपुरबोट मिडियाका अध्यक्ष देउजामाथि सभापति सेढाईंको निर्देशनमा उनी समर्थकले हातपात गरेका हुन्। प्रदर्शनकारीहरुले उनलाई मुक्का प्रहार गर्दै लखेटेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघ, चितवन शाखाको उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेसकी संवाददाता प्रतिमा सिलवालमाथि पनि दुर्व्यवहार भएको थियो ।

रास्वपाका नेता–कार्यकर्ताले योजना बनाएरै कुटपिट गरेको पत्रकार देउजा बताउँछन् । रास्वपाका काण्डहरुको भण्डाफोर गरेकाले उनीहरु रिस साँधेर बसेको र त्यसकै बद्ला लिएको उनको जिकिर छ । ‘रास्वपाका धेरै काण्ड मैले बाहिर ल्याए । चुनावको बेला दुई करोडको काण्ड, पार्टी काण्ड, ड्राइभर काण्डलगायतका काण्ड मैले बाहिर ल्याएकाले उहाँहरुले ममाथि रिस साँध्नुभएको थियो । मौका छोपेर ममाथि कुटपिट गर्नुभयो’,उनले भने ।

सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि आक्रमण र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आपत्ति जनाएको छ । महासंघले हिजो विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

पत्रकारसम्बद्ध अन्य संघसंगठनले पनि विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आक्रमणकारीलाई तत्काल कारबाही नगरिएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ । यता, रास्वपाले आफ्नो प्रदर्शनलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको स्पष्टीकरण दिएको छ ।

सञ्चारकर्मीहरुलाई सुरक्षित राख्नुपर्ने रास्वपाको स्पष्ट मान्यता रहेको उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ,‘हाम्रो प्रदर्शनमा पार्टी सदस्य तथा पार्टीका शुभचिन्तकहरु बाहेक कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजोपनि भेटिएको थियो र त्यस्तै उद्देश्य लिएर आएका व्यक्तिहरुबाट चितवनमा यस्तो भएको हुनसक्ने हाम्रो अनुमान छ ।’

 

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs