तत्कालीन अध्यक्ष सहित चार जना दोषी ठहर

 

Advertisement 1

सुरक्षा सम्बादाता २१ मङ्सिर २०८१ काठमाडौं: विशेष अदालतले वाइडबडी वाइडबढी विमान खरिदमा भ्रष्टाचार भएको जनाएको छ। अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारीसहित चार जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ।

Advertisement 2

विशेष अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र निगम सञ्चालक समितिका सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको छ। तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायतालाई सफाइ दिएको छ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले नेपाली काङ्ग्रेसका नेतासमेत रहेका शाहीलाई सफाइ दिएको हो।

Advertisement 3

अदालतको फैसलामा महाप्रबन्धक कंसाकारलाई २ वर्ष ६ महिना, अध्यक्ष अधिकारीलाई १ वर्ष ९ महिना, सदस्यहरु ढुंगाना र लामिछानेलाई समान १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।

१० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो।

अख्तियारले उनीहरूमाथि नेपाल वायुसेवा निगमलाई नोक्सान हुने गरी वाइडबडी विमान खरिद सम्झौता गरेको र त्यसबापत भुक्तानी लिएर भ्रष्टाचारको मतियार बनेको आरोप लगाएको थियो।

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs