जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्त सम्मानित

सुरक्षा संवाददाता
२५ मंसिर २०८१ कोहलपुर ; जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्त सम्मानित हुनुभएको छ।

Advertisement 1

तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ बाट प्रहरी निरीक्षक पुष्कर पन्त सम्मानित हुनुभएको हो। लुम्बिनी प्रदेशका १२ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु मध्य कार्य सम्झौतामा उत्कृष्ट काम गरे बापत नगद पुरुस्कार सहित प्रसंशा पत्र द्वारा सम्मानित गरिएको प्रदेश कार्यालयले जनाएको छ।

लुम्बिनी प्रदेश अन्तर्गत सवारीसाधन दुर्घटनाका हिसाबले अत्यन्तै संवेदनशील मानिने बाँके जिल्लामा चुनौती त्यत्तिकै देखिन्छन् यद्यपि पन्त कार्यालय प्रमुख भए यता सवारीसाधन नियमन सवारीसाधन दुर्घटना न्यूनीकरण जस्ता क्रियाकलापमा निरन्तरता संगै कार्यालयको भौतिक संरचनामा समेत परिवर्तन भएको पाइन्छ। पन्त कार्यलय हाजिर भए यता सवारीसाधन दुर्घटना न्यूनीकरण र ट्राफिक ब्यवस्थापनमा बिध्यालयमा उपस्थित भएर बिध्यार्थी सचेतना साथै सम्बद्ध क्षेत्रसंग समन्वय गर्दै सबैको जबाफदेहितालाई आत्मसात गराउदै कर्तव्यबोध गराउन आफू लागिपरेको पन्त बताउनु हुन्छ। जिल्लामा पहिलो पटक ट्राफिक नियम सम्बन्धि बिद्यालय शिक्षा समेत सुरु गरेको पन्तले बताउनु भएको छ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs