Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताबाट पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या बढाएको छ।

यसअघि प्रकाशित विज्ञापनमा ८ सिट थपिएपछि अब खुला प्रतिस्पर्धाबाट कुल २९ जना इन्स्पेक्टर भर्ना गरिने भएको हो।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा सर्वोच्च अदालतको परमादेश कार्यान्वयनका लागि ८ पद थप गरिएको हो।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा समावेशी समूहअन्तर्गत समावेश हुनुपर्ने तर छुटेका वास्तविक पदहरूको क्षतिपूर्ति स्वरूप ती पदहरू हालको विज्ञापनमा समायोजन गरिएको हो।

सर्वोच्च अदालतको आदेशअनुसार थप गरिएका पदहरूलाई अहिलेको खुला प्रतियोगितामै समेटिएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech