Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

 

रुकुम पश्चिम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ छोटेबगरबाट प्रहरीले करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–३ स्यालाखदीका २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२ स्यालाका २० वर्षीय गणेश वली रहेका छन्।

प्रहरीका अनुसार सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई चेकजाँचका लागि रोकिएको थियो। सो क्रममा टिकारामले बोकेको झोला जाँच गर्न लाग्दा गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech