Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भरुवा बन्दुक बोकेको तस्बिर पोस्ट गरेको आरोपमा प्रहरीले गोरखाबाट दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ का ४३ वर्षीय प्रेम सुनार र पालुङटार नगरपालिका–१ का ३३ वर्षीय विष्णु सुनार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई गोरखाको सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट पक्राउ गरिएको हो।

प्रेम सुनारले आफ्नो फेसबुक अकाउन्टमा भरुवा बन्दुक बोकेको तस्बिर पोस्ट गरेपछि प्रहरीले उक्त तस्बिरका आधारमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनीसँग लाइसेन्स नभएको एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

बरामद बन्दुक प्रेम सुनारको नभई विष्णु सुनारको भएको अनुसन्धानबाट खुलेपछि प्रहरीले विष्णुलाई समेत पक्राउ गरेको हो।

प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech