Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

कोहलपुर। डाइनामिक स्कुलमा शिक्षक तथा अभिभावकहरूका लागि एकदिने मोटिभेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना ॐ शान्तिले गरेको थियो भने यसको समन्वय तथा सक्रियता उद्योग वाणिज्य संघ कोहलपुरका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रममा डा. राजयोगी एल.पी. पोखरेल, उद्योग वाणिज्य संघ कोहलपुरका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, खेमराज शाह, ब्रह्मकुमारी रमिला, पद्मा, डाइनामिक स्कुलका सहायक प्रधानाध्यापक रबिन्द्र रेग्मी तथा विद्यालयका शिक्षक–शिक्षिका र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य शिक्षक तथा अभिभावकमा सकारात्मक सोच, नैतिक मूल्य, मानसिक सशक्तीकरण र स्वस्थ जीवनशैलीप्रति जागरण ल्याउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कोहलपुरका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले यस्ता प्रेरणामूलक कार्यक्रमले विद्यालय, अभिभावक र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक र अभिभावक दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रमुख प्रशिक्षक डा. राजयोगी एल.पी. पोखरेलले सहभागीहरूलाई जीवन जिउने कला, सकारात्मक सोच, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण दिएका थिए। साथै उनले घरेलु आयुर्वेदिक औषधिको सही प्रयोग, दैनिक जीवनमा अपनाउन सकिने प्राकृतिक स्वास्थ्य अभ्यास तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उपायबारे समेत जानकारी गराएका थिए।

सहभागी शिक्षक तथा अभिभावकहरूले प्रशिक्षणलाई अत्यन्त उपयोगी, प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा आयोजक पक्षले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सचेतनामूलक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको थियो।

केही तस्बिरहरु:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech