Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा सम्पन्न निरीक्षण, अनुगमन तथा निर्देशन कार्यक्रमले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने सन्देश दिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका उच्च अधिकारीहरूले ट्राफिक प्रहरीको कार्यसम्पादन, अनुशासन र सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन स्पष्ट निर्देशन दिएका हुन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर तथा मातहतका ट्राफिक पोष्टहरूको आन्तरिक र बाह्य निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा कार्यालयको व्यवस्थापन, सेवा प्रवाह, ट्राफिक व्यवस्थापन, अनुशासन तथा दैनिक कार्यसम्पादनको समीक्षा गर्दै उच्च अधिकारीहरूले ट्राफिक प्रहरी नागरिकसँग प्रत्यक्ष जोडिने संवेदनशील निकाय भएकाले व्यवहार, बोलीचाली र सेवामा सदैव शिष्टता तथा व्यावसायिकता कायम राख्नुपर्नेमा विशेष जोड दिएका थिए।
उहाँहरूले प्रहरी कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाह, कानुनको निष्पक्ष कार्यान्वयन, उच्च मनोबलका साथ सेवामुखी कार्यशैली अपनाउन तथा आर्थिक अनियमितताप्रति शून्य सहनशीलता (Zero Tolerance) को नीति कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्। कुनै पनि प्रकारको गैरव्यावसायिक गतिविधि स्वीकार्य नहुने स्पष्ट सन्देशसमेत दिइएको थियो।
कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र जनविश्वास बढाउने माध्यमका रूपमा विकास गर्न प्रत्येक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ निर्वाह गर्नुपर्नेमा जोड दिइयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरले पछिल्ला दिनहरूमा ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, नियमको प्रभावकारी कार्यान्वयन तथा नागरिकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ। उच्च नेतृत्वबाट प्राप्त निर्देशनले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, अनुशासित र जनमुखी बनाउन थप ऊर्जा प्रदान गर्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।
उक्त निरीक्षण तथा निर्देशन कार्यक्रमले ट्राफिक प्रहरी संगठनभित्र सुशासन, अनुशासन, पारदर्शिता र सेवाप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै “जनताको सुरक्षाका लागि समर्पित, नागरिकमैत्री र विश्वासिलो ट्राफिक प्रहरी” निर्माण गर्ने प्रतिबद्धतालाई पुनः स्थापित गरेको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech