Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, राजस्व चुहावट तथा चोरी–तस्करीमा संलग्न देखिने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीमाथि कडाइका साथ कारबाही गरिने जनाएको छ।
मंगलबार जारी गरिएको विज्ञप्तिमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सीमा क्षेत्रमा परिचालित कर्मचारीहरूको आर्थिक सुशासन, कार्यसम्पादन र अनुशासनलाई प्रभावकारी बनाउन विशेष निगरानी बढाइएको जनाएको छ। अनुशासन वा कार्यसम्पादनमा कमजोरी देखिए तत्काल छानबिन गरी कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
यसक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी मातहत कार्यरत सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगरसहित तीन जना कर्मचारीको अनुशासन र कार्यसम्पादनमा त्रुटि भेटिएपछि असार १० गते प्रधान कार्यालयमा झिकाएर छानबिन प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, विभिन्न बाहिनी मुख्यालयअन्तर्गत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा सीमा सुरक्षा पोष्ट (बिओपी) का कमाण्डरसहित ९ जनालाई कमजोर कार्यसम्पादनका कारण फिर्ता बोलाइएको छ। अनुशासनविपरीत गतिविधिमा संलग्न ६७ जना सशस्त्र प्रहरी कर्मचारीमाथि पनि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।
सीमामा हुने राजस्व चुहावट, अवैध कारोबार तथा चोरी–तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन एउटै जिल्लामा लामो समयदेखि कार्यरत १ हजार ८ सय ३ जना सशस्त्र प्रहरी कर्मचारीलाई अन्तरजिल्ला सरुवा गरिएको छ। सरुवामा तराईमा कार्यरतलाई पहाड र पहाडमा कार्यरतलाई तराईमा मिलान गरिएको छ भने बाँकी कर्मचारीको सरुवा पनि यसै साताभित्र सम्पन्न गरिने जनाइएको छ।
सशस्त्र प्रहरी बलले सीमा अपराध नियन्त्रण, आर्थिक अनुशासन र सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै अवैध गतिविधिमा संलग्न जोसुकै कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech