Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके, नेपालगञ्ज। लागूऔषध नियन्त्रण ब्यूरोको सक्रियता र नेपाल प्रहरीको समन्वित अभियानअन्तर्गत नेपालगञ्जबाट करिब ४०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित दुई महिलालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित द नेक्ट बाइट रेष्ट्रो एण्ड कफीसप अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१३ निवासी निशा पुन मगर र रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिका–२ निवासी ललिता बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार शरीर खानतलासी गर्दा निशा पुन मगरको साथबाट ३९९ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। साथै विभिन्न कम्पनीका तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर ले जानकारी दिएका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंका कार्यालय प्रमुख एसएसपी सुभाष चन्द्र बोहरा को नेतृत्वमा ब्यूरोले देशभर लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ। त्यसैगरी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) नवीन कुमार शाही को नेतृत्वमा विशेष सूचनाको प्रभावकारी परिचालन र योजनाबद्ध अपरेशनमार्फत यो सफलता हासिल भएको सुरक्षा स्रोतले जनाएको छ।

लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै समाजमा लागूऔषधको ओसारपसार र कारोबार नियन्त्रण गर्न ब्यूरोले निरन्तर निगरानी, अनुसन्धान र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech