Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका–५, छमनियाँमा एकता युवा क्लब गठन भएसँगै युवाहरूको सक्रियतामा सामाजिक विकास र जनहितका विभिन्न अभियान सुरु भएका छन्। मुनाफारहित, गैरराजनीतिक तथा जनहितकारी सामाजिक संस्थाका रूपमा स्थापना भएको क्लबले युवा नेतृत्व विकाससँगै समाज रूपान्तरणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।
क्लबको अध्यक्षमा मनिराम चौधरी, उपाध्यक्षमा टोपबहादुर रोकाय, सचिवमा खगेन्द्रकुमार राना, सह–सचिवमा शुचित थारु तथा कोषाध्यक्षमा सुवाश वि.क. चयन भएका छन्। त्यसैगरी लालबहादुर थारु, अशोक चौधरी, हरिबहादुर बाँठा, विनोद चौधरी, गोविन्द शाही, महेन्द्र परियार, पूर्णबहादुर बस्नेत र अर्जुन थारु सदस्य रहेका छन्।
२०८३ साउन ८ गते स्थापना भएको क्लबले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, खेलकुद विकास, सामाजिक विकृति तथा विसंगतिविरुद्ध सचेतना, सीपमूलक तालिम, सूचना प्रविधि (आईटी) सम्बन्धी प्रशिक्षण तथा डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने उद्देश्य लिएको छ। साथै स्थानीय कला, संस्कृति र सामाजिक सद्भाव प्रवर्द्धनका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको क्लबले जनाएको छ।
स्थापनापछि क्लबले छोटो अवधिमै उल्लेखनीय सामाजिक कार्यहरू सम्पन्न गरेको छ। क्लबलाई वैधानिक रूपमा दर्ता गर्नुका साथै लामो समयदेखि प्रयोगविहीन रहेको फुटबल मैदानको सरसफाइ तथा मर्मत सम्भार गरी पुनः सञ्चालनको तयारी गरिएको छ। त्यसैगरी छमनियाँको मुख्य सडकमा विद्युतीय तारमा जोखिम उत्पन्न गरेका रूखका हाँगाहरू छाँटकाँट गरी दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याइएको छ।
क्लबका पदाधिकारीका अनुसार आगामी दिनमा युवा प्रोत्साहन, सामाजिक विकास, खेलकुद प्रवर्द्धन, सीपमूलक तालिम, सरसफाइ अभियान, रक्तदान, वातावरण संरक्षण तथा युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ।
स्थानीय युवाहरूको एकताबाट गठन भएको एकता युवा क्लब ले समुदायको विकास, सामाजिक उत्तरदायित्व र युवाको सकारात्मक सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech