Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन्।

प्रहरीका अनुसार रसाइलीले आफू गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध भएको बताउँदै प्रहरीको अन्तर्वार्तामा नाम प्रकाशित गराइदिने आश्वासन दिएर रकम ठगी गरेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रसाइलीलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो।

पक्राउ परेका रसाइलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार रसाइली बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत फरार रहेको खुलेको छ। प्रहरीले उनीविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech