Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बीभी नेपाल’ नामक अनलाइन मल्टी–लेभल मार्केटिङ (एमएलएम) स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ ।

साइबर ब्युरोका अनुसार उक्त अनलाइन प्लेटफर्ममार्फत ‘क्याम्पस भेन्डिङ मेसिन एसेट म्यानेजमेन्ट प्रोडक्ड–११० डेज्’ नामक लगानी योजना सञ्चालन भइरहेको छ । उक्त योजनाले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले ‘बीभी नेपाल’ वा यस्तै प्रकृतिका अत्यधिक उच्च प्रतिफलको दाबी गर्ने कुनै पनि एप्लिकेसन, वेबसाइट वा लगानी योजनामा पैसा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रहरीका अनुसार यस्ता योजनामा सुरुमा आकर्षक प्रतिफलको प्रलोभन देखाएर लगानी गर्न प्रेरित गर्ने र पछि थप रकम लगानी गर्न लगाउने वा रकम फिर्ता लिन समस्या सिर्जना गर्ने जोखिम हुन सक्छ । त्यसैले अनलाइनमार्फत सञ्चालन हुने अपरिचित तथा शंकास्पद लगानी योजनाबारे आवश्यक जानकारी लिएर मात्र आर्थिक कारोबार गर्न प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, ‘बीभी नेपाल’ वा यस्तै प्रकारका योजनासँग सम्बन्धित कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गरी उजुरी दर्ता गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले सामाजिक सञ्जाल, एप्लिकेसन तथा विभिन्न अनलाइन माध्यमबाट आउने अत्यधिक उच्च प्रतिफलको आश्वासन दिने लगानी प्रस्तावप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech