Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

धनुषा । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण अन्यायमा परेका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्।

धनुषाको ढल्केबरमा शनिबार आयोजित नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको बताइन्।

‘दाइजोका कारण कसैलाई अन्याय भएको छ भने मलाई सम्पर्क गर्न आग्रह गर्दछु,’ उनले भनिन्।

दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय हुने भएकाले त्यस्ता गतिविधि नगर्न उनले आग्रह गरिन्।

उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताउँदै सामाजिक कुरीतिविरुद्ध सबै मिलेर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा अगाडि बढाउन पनि एकअर्कालाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

‘छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उपसभामुख ठाकुरले भनिन्, ‘दाइजो समाजका लागि अभिशाप हो, सबै मिलेर यसको अन्त्य गरौँ।’

उनले छोरी र बुहारीलाई शिक्षामा अघि बढाउन परिवार तथा समाजले प्रोत्साहित गर्नुपर्ने बताइन्।

कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानका साथै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उपसभामुख ठाकुरलाई मागपत्र बुझाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech