Surakshya Rastriya Dainik
आइतबार, २० सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेसँगै राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याएको थियो। तर, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने निर्णय गरेपछि त्यसलाई कानुनी रूप दिन विधेयक अघि बढाइएको थियो।

राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने पुरानो व्यवस्था पुनः कायम भएको हो।

अब प्रमाणीकरण भएको विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

राष्ट्रिय अनुसन्धान विभाग नेपालको प्रमुख गुप्तचर निकायका रूपमा राष्ट्रिय सुरक्षा, सूचना संकलन तथा विश्लेषणलगायतका क्षेत्रमा काम गर्दै आएको छ। विभागको प्रशासनिक तथा संस्थागत मातहत परिवर्तनसँगै यसको सञ्चालन र समन्वयको संरचनामा समेत परिवर्तन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech