Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

नेपालगञ्ज, बाँके ।
रोटरी क्लब अफ सेन्ट्रल बाँके र बैंकर्स समूहको संयुक्त आयोजनामा मैत्री, खेल भावना र सामाजिक सेवाको सन्देशसहित च्यारिटी फुटसल प्रतियोगिता हुने भएको छ।

‘Friendship | Sportsmanship | Service’ अर्थात् मैत्री, खेल भावना र सेवाको मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिता आगामी असोज १७ गते शनिबार बिहान ७ बजेदेखि शिखा एकेडेमी, पिपरी, कोहलपुरमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा बैंकर्स समूहका दुई टोली र रोटरी क्लब अफ सेन्ट्रल बाँकेका दुई टोली गरी चार टोलीको सहभागिता रहनेछ। प्रत्येक खेल ३० मिनेटको हुने बताइएको छ।

खेलकुदमार्फत आपसी सद्भाव, भाइचारा, सहकार्य तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताबाट संकलित रकम नेपालगञ्जस्थित मानव सेवा आश्रममा सञ्चालन हुने खाद्य तथा भोजन सेवा कार्यक्रममा सहयोग गरिनेछ। खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी त्यसलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

कार्यक्रममा शिखा एकेडेमी, पिपरी, कोहलपुर सहयोगी संस्थाका रूपमा रहेको छ।

आयोजकका अनुसार प्रतियोगिताले बैंकिङ क्षेत्र र रोटरी परिवारबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै खेलकुदको माध्यमबाट सामाजिक सेवामा योगदान पुर्‍याउनेछ।

“खेलभन्दा ठूलो सम्बन्ध, प्रतिस्पर्धाभन्दा ठूलो मित्रता र जितभन्दा ठूलो सेवा” भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको प्रतियोगिताले सामाजिक सेवाका लागि सामूहिक प्रयासको सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech