ट्रेण्डिङ

काठमाडौं, पुल्चोक । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र त्यसपछि भएका घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी समूहले राष्ट्रिय मानव अधिकार आयोग घेराउ गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले झण्डै एक दर्जन जेनजी कार्यकर्तालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आयोगको कार्यालय बाहिर प्रदर्शनरत उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा राष्ट्रिय जेनजी अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, प्रकाश बम, वीरजंग बिक, नर्गिस थापा, प्रदीप भट्टराई, पृथ्वीराज यादव, धिरज बानियाँ, जंगे सिंह, प्रेम सिंहलगायत रहेका छन्। उनीहरूलाई प्रहरी परिसर ललितपुरमा राखिएको जनाइएको छ।
प्रदर्शनकारीहरूले मानव अधिकार हननसम्बन्धी अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका थिए। उक्त प्रतिवेदन आयोगकी आयुक्त लिली थापा नेतृत्वको टोलीले तयार पारी चैत ६ गते आयोगका अध्यक्ष तपबहादुर मगरलाई बुझाएको बताइएको छ।
झण्डै दुई महिना बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै जेनजी समूहले यसअघि अध्यक्ष मगरलाई ज्ञापनपत्र बुझाइसकेको थियो। तर माग सम्बोधन नभएपछि उनीहरू पुनः आयोग घेराउ गर्न पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech