Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

मापसे गरेर सवारी चलाउँदा वैशाखमा १२४ दुर्घटना, १२ जनाको मृत्यु
काठमाडौं । देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने क्रम बढ्दै जाँदा दुर्घटनाको संख्या पनि चिन्ताजनक रूपमा बढेको छ । नेपाल प्रहरीका अनुसार गत वैशाख महिनामा मात्रै मापसेका कारण १२४ वटा सवारी दुर्घटना भएका छन् ।
ती दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३७ वटा दुर्घटना भएका छन् । ती घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३५ दुर्घटना हुँदा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन् भने बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भन्दै चालकहरूलाई ट्राफिक नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखिने गरेको प्रहरीको भनाइ छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार पछिल्लो समय मापसे नियन्त्रण अभियानलाई देशभर थप प्रभावकारी बनाइएको छ । शहरी क्षेत्र, राजमार्ग तथा भीडभाड हुने स्थानमा रातिको समयमा ट्राफिक चेकजाँचलाई कडा पारिएको उनले बताए ।
उनले मापसे गरेर सवारी चलाउनु कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि गम्भीर जोखिम भएको उल्लेख गर्दै सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सबै चालकलाई आग्रह गरेका छन् । प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै सवारी चलाउँदा पूर्ण सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech