Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ) प्रधान कार्यालयले हल्चोकस्थित मुख्यालयको सवारी व्यवस्थापन शाखा (एमटी) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
प्रधान कार्यालयले डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गर्दै आगलागीको कारण, भएको क्षति तथा सम्भावित लापरबाहीका पक्षबारे अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बुधबार राति करिब ८ बजेतिर मुख्यालय परिसरभित्र रहेको एमटी शाखामा आगलागी भएको थियो। बङ्गलामुखी गणबाट खटिएको सुरक्षा टोली तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट शाखामा पार्किङ गरिएका केही सवारीसाधनमा क्षति पुगेको छ। यद्यपि, क्षतिको यकिन विवरण छानबिन प्रतिवेदनपछि सार्वजनिक गरिने सशस्त्र प्रहरीले जनाएको छ।
आगलागीको कारण हालसम्म खुल्न नसकेको अवस्थामा छानबिन समितिले प्राविधिक परीक्षण, प्रत्यक्षदर्शीका बयान तथा शाखामा रहेका सुरक्षा प्रणालीको अवस्थाबारे अध्ययन गर्ने जनाएको छ।
यसअघि पनि सशस्त्र प्रहरी प्रधान कार्यालय परिसर तथा सतुङ्गलस्थित स्टोरमा आगलागीका घटना भइसकेका छन्। पछिल्लो घटनापछि मुख्यालयभित्रको सुरक्षा व्यवस्थापन, जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण तयारीको प्रभावकारिताबारे समेत प्रश्न उठ्न थालेको छ।
सशस्त्र प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाउँदै तथ्य र प्रमाणका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech