Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगञ्ज । वागेश्वरी बहुमुखी क्याम्पसको आयोजना तथा मध्यपश्चिम् विश्वविद्यालय अनुदान आयोगको सहयोगमा BBA/BBS का विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको तीनदिने “Start-Up Incubation & Mentorship: Entrepreneurs’ Discussion for Sustainable Business Skills and Practices” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूलाई उद्यमशीलता, व्यवसाय व्यवस्थापन, वित्तीय योजना, दिगो व्यवसाय विकास तथा स्टार्ट-अप सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान, सीप र अनुभव प्रदान गरिएको थियो।
दोस्रो दिन प्रख्यात उद्यमी तथा Dolphin Feed Industry का CEO तीर्थ थापा, Agaiya Spring Riverside Resort Pvt. Ltd. का संस्थापक, K.L. Dugar Industry Group का CEO प्रदीप छादेड तथा मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. चन्द्रप्रसाद रिजालले आ–आफ्नो क्षेत्रका अनुभव, ज्ञान र व्यवसायिक सफलताका सूत्रहरू विद्यार्थीहरूसँग साझा गरेका थिए।
कार्यक्रमका क्रममा नेपालका प्रतिष्ठित उद्यमीहरूले उत्कृष्ट र विश्वासिलो व्यवसायिक योजना प्रस्तुत गर्ने विद्यार्थीहरूलाई नयाँ उद्यम सञ्चालनका लागि बिना धितो तथा बिना ब्याज १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त घोषणालाई विद्यार्थी तथा सहभागीहरूले विशेष उपलब्धिका रूपमा लिएका छन्।
तेस्रो दिन मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. चन्द्रप्रसाद रिजालले “Successful Business Policies, Strategies and Practices” विषयमा सहजीकरण गरेका थिए भने कोहलपुरका सफल होमस्टे व्यवसायी तथा Homestay Federation का महासचिव कृष्ण थारूले पर्यटन उद्यम तथा होमस्टे व्यवसायका सफल अनुभवहरू प्रस्तुत गरेका थिए।
त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालय Graduate School of Management का डीन एसोसिएट प्रोफेसर डा. पूर्णमान श्रेष्ठले “Financial Literacy and Budget Planning in Business” विषयमा महत्वपूर्ण प्रस्तुति दिँदै व्यवसायमा वित्तीय अनुशासन र बजेट व्यवस्थापनको महत्त्वबारे प्रकाश पारेका थिए।
समापन समारोह Graduate School of Management का डीन एसोसिएट प्रोफेसर डा. पूर्णमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीलगायत पूर्व क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
क्याम्पस प्रशासनले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण अतिथि, प्रशिक्षक, सहयोगी संस्था तथा सहभागी विद्यार्थीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। कार्यक्रमले विद्यार्थीहरूमा उद्यमशील सोच, नवप्रवर्तन तथा दिगो व्यवसाय विकासका लागि आवश्यक ज्ञान र प्रेरणा प्रदान गरेको आयोजकको विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech