ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेप भएको भन्दै नेकपा माओवादीले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले सुस्ताका देशभक्त नेपाली नागरिकलाई राज्यले सम्मान गर्नुपर्ने तथा सीमा सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्। उनीहरूले “सीमा अतिक्रमण बन्द गर”, “सुस्तामा भारतीय हस्तक्षेपको प्रतिरोध गरौँ” र “भौगोलिक अखण्डताको रक्षा गरौँ” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

माओवादीले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत माग गरेको छ।

यसअघि शुक्रबार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरी फर्काएका थिए। उक्त घटनापछि सीमा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो।

सुस्तामा भारतीय सुरक्षाकर्मीको गतिविधिप्रति स्थानीयवासी तथा विभिन्न राजनीतिक दलहरूले विरोध जनाउँदै सीमा सुरक्षामा सरकारको सक्रियता बढाउन माग गरिरहेका छन्। भारतीय पक्षको हस्तक्षेप रोक्न तथा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारलाई प्रभावकारी कदम चाल्न दबाब बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech