ट्रेण्डिङ

ताजा अपडेट

झापा ।दमकस्थित सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय परिसर वातावरणीय हरियालीले भरिएको छ। लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टको आयोजनामा सो परिसरमा ५०० वटा सुपारीका बिरुवा रोपण गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो।
क्लबका अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन बाबरजंग थापा प्रमुख अतिथि र सशस्त्र प्रहरी बलका एसएसपी रमेश कुमार पाण्डे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सहभागीहरूले वृक्षारोपण अभियानले वातावरणीय चेतना अभिवृद्धिसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरीका अधिकारी, लायन्स क्लबका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले दमक क्षेत्रमा हरियाली अभियानलाई थप मजबुत बनाएको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। वृक्षरोपण कार्यक्रमले दिगो विकास र जलवायु अनुकूलनमा टेवा पुर्याउनेमा सबैको जोड थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech