Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

भक्तपुर । भक्तपुर नगरपालिका–१, नगरकोट क्षेत्रमा असार ८ गते राति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैँ–झगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइली रहेका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीलाई तत्काल उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। तर उपचारकै क्रममा असार ९ गते बिहान ६:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मीको तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech